Friday, July 29, 2016

युट्युबले सुरु गर्‍यो मोबाइल लाइभ स्ट्रिमिङ !

काठमाडौं । फेसबुकसहितका सोसल मिडियामा अहिले लाइभ स्टि्रमिङ निकै लोकप्रिय छ । सुरुमा ट्वीटरको स्वामित्वमा रहेको परिस्कोपले यस्तो सुरुवात गरेको भएपनि त्यसपछि सुरु गरेको फेसबुक लाइभ स्ट्रिमिङको दौडमा धेरै अगाडी पुगिसकेको छ ।
भिडियो कन्टेन्टमा फेसबुकबाट ठूलो चुनौतीको सामना गरिरहेको गुगल स्वामित्वको युट्युबले अब मोबाइलबाटै लाइभ स्ट्रिमिङ सुविधा सुरु गरेको छ ।
बिहीबार युट्युबले आफ्नो अफिसिय ब्लगमार्फत मोबाइल लाइभ स्ट्रिमिङ ल्याएको घोषणा गरेको छ । योसँगै युट्युवको आइओएस र एन्ड्रोइड एपमा नयाँ अपडेट आउने छ ।
उसो त युट्युबले लाइभ स्ट्रिमिङ सुरु गरेको २०११ मा नै हो, जुन हजारौं पटक प्रयोग भइसकेको छ । तर, यो सुविधा वेबसाइटमार्फत् मात्र थियो, मोबाइल एपबाट सिधै लाइभ गर्न सकिने सुविधा थिएन । अब भने युट्युबले आफ्नो एपमै लाइभ स्ट्रिमिङ सुविधा ल्याएको छ, जसलाई उसले लाइभ स्ट्रिमिङमा नयाँ अध्यायको सुरुवात भनेको छ ।
यसका लागि तपाइँले कुनै नयाँ एप इन्स्टल गर्नु पर्दैन, मौजुदा युट्युब एपलाई अपडेट गर्नुहोस् । अब नयाँ एप स्क्रिनको दायाँपट्टी लाइभ बटन देख्न सक्नुहुनेछ । त्यो क्लिक गरी फोटो खिचेर थम्नेल इमेज राख्नुहोस् र लाइभ सुरु गर्नुहोस् । युट्युब लाइभमा आफ्ना फ्यानसँग रियलटाइम च्याट पनि गर्न सकिन्छ । साथै लाइभ भिडयो सर्च पनि गर्न सकिने छ ।
कहिलेबाट उपलब्ध हुनेछ ?
युट्युबले लाइभ भिडियो स्ट्रिमिङको प्रतिस्पर्धामा प्रवेश गर्ने घोषणा गरे पनि सवै प्रयोगकर्ताका लागि यो सुविधा कहिलेबाट उलपब्ध हुने भन्ने खुलाएको छैन् । उसको ब्लग पोष्टमा केवल चाँडै सवैका लागि उपलब्ध हुने भनिएको छ, तर मिति तोकिएको छैन् ।
तत्कालका लागि यो सुविधा केही उसका भिडियो कन्टेन्ट उत्पादक साझेदारका लागि उपलब्ध छ । परिक्षणपश्चात यो सुविधा सवै प्रयोगकर्तालाई उपलब्ध अनुमान छ ।

स्मार्टफोनको ब्याट्री लाइफ बढाउने केही टिप्स

स्मार्टफोन प्रयोगकर्ताहरुको लागि सबैभन्दा ठूलो तनावको कारण नै यसको ब्याट्री चार्ज छिटै रित्तिनु हुन्छ ।

कहिलेकाहीँ यस्तो बेलामा मोबाइलको चार्ज सकिन्छ जब हामीलाई मोबाइल निकै आवश्यक हुन्छ । त्यसैले चार्जर र पावर बैंक समेत सँगै लिएर हिँड्नु बाध्यता हुन्छ । चार्जर र पावर बैंक बोक्नु मोबाइलको ब्याट्रीको चार्ज छिटो रित्तिने समस्याकेा समाधान होइन ।
तरपनि यो समस्याको समाधानको कोसिस निकै कमले गर्दछन् । यदि केही काइदा अपनाउने हो भने एन्ड्रोइड स्मार्टफोनकेा ब्याट्रीको चार्ज लामो समयसम्म टिकाउन सकिन्छ । जसमध्ये ५ कायदा यस्ता छन्ः
१. स्मार्टफोनको ब्याट्रीको चार्ज धेरै नरित्ताउनुहोस् । जब प्रयोग गर्दै जाँदा ब्याट्रीको चार्ज ४० प्रतिशतमा र्झदछ तब रिचार्ज गर्नुहोस् । तर हरेक तिन महिनामा भने मोबाइलको ब्याट्री चार्जलाई पूरै रित्याउनुहोस् र मात्र रिचार्ज गर्नुहोस् । यसो गर्दा ब्याट्रीको चार्जिङ क्षमता बढ्ने ब्याट्री युनिभर्सिटी ब्लगमा दाबी गरिएको छ ।
२. मोबाइलको कल घण्टी खुला गर्नुहोस् । भाइब्रेसन एक्टिभेट गर्दा त्यसले ब्याट्रीकेा चार्ज बढि खपत गर्दछ ।
३. तपाइँको स्मार्टफोनमा कुन एपले बढि ब्याट्री खपत गरिरहेको छ थाहा पाउनुहास् । यदि उक्त एप खासै कामको छैन भने अनस्टल गर्नु जाति हुन्छ । कुन एपले बढि ब्याट्री खपत गरेको छ जान्नका लागि स्मार्टफोनको Setting मा गएर Device र त्यसपछिBattery अप्सनमा जानुहोस । वा Setting मा गई Power र त्यसपछि Battery Use मा गएर पनि चेक गर्न सक्नुहुन्छ ।
४. यदि मोबाइलको नेटवर्क सिग्नल कम छ र स्मार्टफोनले लगातार नेटवर्क सर्च गरिरहनुपर्छ भने त्यसबेला निकै धेरै ब्याट्री खपत हुन्छ । त्यसैले खासगरी यात्राका दौरान यस्तो हुने भएकाले मोबाइलमा एयरप्लेन मोड एक्टिभेट गर्नुहोस् जसका कारण स्मार्टफोनले नेटवर्क खोज्नमा उर्जा खर्च गर्नुपर्दैन । मोबाइल नेटवर्क कम भएको बेला डाटा भन्दा वाइफाइको प्रयोग गर्दा ब्याट्री बढि खप्दछ ।
५. होमस्क्रिनबाट अनावश्यक एप हटाउनुहोस् । धेरै एन्ड्रोइड एपहरुलाई होमस्त्रिmनमा राखिन्छ । स्मार्टफोनको स्त्रिmन अनलक गर्नेबित्तिकै त्यस्ता एपहरु सिधै प्रयोग गर्न सकियोस् भन्नका लागि यसो गरिन्छ ।
तर यसरी होमस्क्रिनमा राखिएका एपहरु लगातार अपडेट हुने भएकाले बढि डाटा तथा ब्याट्री खपत गर्दछन् । त्यसैले होमस्क्रिनबाट त्यस्ता एपको विज्याट हटाउनुहोस् । त्यसका लागि उक्त एपको आइकनमा थिच्नुहोस् । त्यहाँ ट्रयास आइकन देखा पर्दछ । एपको विज्याटलाई ड्रयाग गरी सोही ट्रयासमा लगेर हाल्नुहोस् ।